Kathmandu Press

देशभर बिहानैदेखि हुस्सु, हिमपातको सम्भावना

काठमाडौं, पुस १७: आज पनि बिहानैदेखि देशका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा...
देशभर बिहानैदेखि हुस्सु, हिमपातको सम्भावना

काठमाडौं, पुस १७: आज पनि बिहानैदेखि देशका अधिकांश भागमा हुस्सु र कुहिरो लागेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

आज काठमाडौंसहित पहाडी भूभाग र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम बदली हुने महाशाखाले जनाएको छ।

त्यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।

आज बिहानको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम बढेर १५ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०८:२६ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्