Kathmandu Press

मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन

दाङ, पुस १७ : दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख बजेटको व्यवस्थापन गरेको छ।मुक्तकम्लरीको पठनपाठनमा समस्या भएपछि प्रदेश सरकारले...
मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन

दाङ, पुस १७ : दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख बजेटको व्यवस्थापन गरेको छ।

मुक्तकम्लरीको पठनपाठनमा समस्या भएपछि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाएको छ। अहिले लुम्बिनी प्रदेश सरकारले बजेट व्यवस्था गरेको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताए।

यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छोड्ने अवस्था आएको थियो। तीनै तहको सरकारबीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताए।

अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उनको भनाइ थियो। अहिले छात्रवासमा बसेर ४६ पूर्वकम्लरीले अध्ययन गरिरहेका छन्।

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्