Kathmandu Press

नौ करोड लगानीमा खानेपानी आयोजना शिलान्यास

रुकुम, पुस १७ : रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ।खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया...
नौ करोड लगानीमा खानेपानी आयोजना शिलान्यास

रुकुम, पुस १७ : रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ मा खानेपानी आयोजना निर्माण हुने भएको छ।

खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया सुरु भएको हो। खानेपानी आयोजनाको शुक्रबार शिलान्याससमेत गरिएको छ। वडाध्यक्ष शान्तेबहादुर विकले थाक्नाखोला खानेपानी आयोजनाको शिलान्यास गरेका हुन्।

यसका लागि लुम्बिनी प्रदेश सरकारको नौ करोड बजेट विनियोजन गरेको थियो। थाक्नाखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो। खानेपानीको आयोजनामा ७५ हजार लिटर क्षमताका पाँच वटा ट्याङ्की निर्माण गरिनेछ।

रुमालबारा, बाहुनठाना र टाकुरामा थप खानेपानीको आपूर्तिका लागि यो आयोजना निर्माण गर्न लागिएको हो।  वडाका करिब ५०० घरधुरीमा खानेपानीको सहज सुविधा पु¥याउने गरी खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु गरिएको वडाध्यक्ष विकले बताए।

पञ्चवर्षीय योजना भएकाले क्रमागतरुपमा यो खानेपानी आयोजनाले पूर्णता पाउनेछ। चालु आर्थिक वर्ष २०७८÷७९ मा एक करोड पाँच लाख बजेटको काम हुने बताइएको छ।

उपभोक्ता समितिमार्फत नै खानेपानी आयोजना निर्माण गर्न लागिएको छ। समितिको अध्यक्षमा टोपबहादुर कार्की, सचिवमा डिक्कु बुढा र कोषाध्यक्षमा गीता शाह रहेका छन्।

 

प्रकाशित मिति: ०७:१७ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्