Kathmandu Press

कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा (एस) : अध्यक्ष नेपाल

काठमाडौं, पुस १६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताएका छन् ।नेपाल...
कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा (एस) : अध्यक्ष नेपाल

काठमाडौं, पुस १६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी कम्युनिष्ट आन्दोलनको मूलधार नै भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद् नेपालको एकता घोषणा कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा कम्युनिष्ट पार्टीसंस्थागत गर्ने क्रममा आफूले विसं २०३२ मा कोर्डिनेशन केन्द्र, विसं २०३५ मा माले, विसं २०४७ मा एमाले र अहिले एकीकृत समाजवादी गठन गर्दासम्म संस्थापन भूमिका निर्वाह गरेको जानकारी दिए ।

Hardik ivf

उनले पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनाधिकारका लागि लामो सङ्घर्षपूर्ण यात्रा भएको स्मरण गरे । मुलुकको राष्ट्रिय स्वाधीनतालाई माथि उठाउन तथा लोकतान्त्रिक मूल्य मान्यतालाई रक्षा गर्न आफूले महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले जनताको समस्या उनीहरुले भोग्नुपरेको पिर मर्कालाई केन्द्रमा राखेर कार्य गर्न समाजवादी चिन्तनको खाँचो औँल्याए ।

पूर्वप्रधानमन्त्री नेपालले आफ्नो पार्टीको मूल लक्ष्य ‘जनतादेखि जनतासम्म’ भएको प्रष्ट पार्दै उनीहरुको जनजीविकालाई सहज बनाउने र आर्थिक उन्नतिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विषय नै ‘जनतादेखि जनतासम्म’को योजना भएको बताए । पार्टीका महासचिव बेदुराम भुसालले समान विचार भएका बामपन्थी शक्तिलाई एकीकृत गरी बलियो कम्युनिष्ट शक्ति निर्माणको अभियानमा आफू अगाडि बढेको विचार व्यक्त गरे ।

परिषद्का संयोजक साध्यबहादुर भण्डारीले उक्त पार्टीको घोषणपत्र वैज्ञानिक भएकाले आफू एकीकृत भएर जनअधिकारका साथै कल्याणकारी राज्य निर्माणमा योगदान गर्न चाहेको बताए । नेता गङ्गालाल तुलाधरले मुलुकमा वैदेशिक शक्तिको बढदो हस्तक्षेपले अहिलेको अस्थिरता आएको अवस्थामा बामपन्थीको एकता आवश्यक रहेको विचार व्यक्त गरे । 

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्