भारतले जित्यो यू-१९ एसिया कपको उपाधि
काठमाडौं, पुस १६ : एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै...
काठमाडौं, पुस १६ : एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा श्रीलंकालाई ९ विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।
वर्षाका कारण ३८ ओभरमा झारेको खेलमा श्रीलंकाले ९ विकेट गुमाएर एक सय ६ रनको योगफल तयार गरेको थियो। त्यसपछि डीएलएस मेथडअनुसार भारतले ९९ रनको लक्ष्य पाएको थियो। तर, खेलको लक्ष्यमा पुनः बदली भएपछि भारतले १ सय २ रनको नयाँ लक्ष्य पाएको थियो।
श्रीलंकाले दिएको उक्त लक्ष्य भारतले २१.३ बलमा १ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो। तर, वर्षाले प्रभावित गरेको खेलमा डीएलको आधारमा भारतले १ सय २ रनको नयाँ लक्ष्य पाएको थियो।
३८ ओभरमा झारिएको खेलमा श्रीलंकाका लागि यासिरु रोड्रिगोले अविजित रहँदै सर्वाधिक १९ रन बनाए। यस्तै, रवीन डी सिल्भाले १५, सदिशा राजपाक्षे र माथिस पाथिरानाले १४ १४ रन बनाए।
भारतका भिक्की ओस्टवालले ३ तथा कौशल टाम्बेले २ विकेट लिए। यू–१९ एसिया कपको आठ संस्करणमा भारतले आठौं पटक उपाधि जितेको हो ।











