बालिका बलात्कार आरोपित फरार युवक पक्राउ
काठमाडौं, पुस १६ : बालिका बलात्कार अभियोग लागेका र तीन महिनादेखि फरार रहेका एक युवकलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका-९...
काठमाडौं, पुस १६ : बालिका बलात्कार अभियोग लागेका र तीन महिनादेखि फरार रहेका एक युवकलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका-९ बस्ने २० वर्षीय सरोज भन्ने गोपी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
गत असोज ६ गते १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका बस्नेतको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको कमान्डमा टोली खटिएको थियो।
सो टोलीले नेपाल-भारत सीमावर्ती नाकाबाट लुकीछिपी बसिरहेको अवस्थामा बस्नेतलाई फेला पारी बिहीबार पक्राउ गरेको हो।
उनीमाथि कारबाहीका लागि अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी कार्कीले जानकारी दिए।
प्रकाशित मिति: १८:५२ बजे, शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












