Kathmandu Press

काठमाडाैंबाट लागूऔषधसहित एक जना पक्राउ

काठमाडाैं, पुस १६ : काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६...
काठमाडाैंबाट लागूऔषधसहित एक जना पक्राउ

काठमाडाैं, पुस १६ : काठमाडौँबाट लागूऔषधसहित आज एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनलाई काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध नुर्फिन २८६ एम्पुल, फेनारगन २९२ एम्पुल र डाइजेपाम २८४ एम्पुलसहित पक्राउ गरिएको हो। कोटेश्वरबाट खटिएको प्रहरीबाट पक्राउ परेका उनीमाथि अनुसन्धान थालेको जनाइएको छ।

यसैगरी महिलालाई वेटरको काम लगाइदिन्छु भन्दै यौन कार्यमा सङ्लग्न गराएको आरोपमा एक व्यक्तिलाई प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा उदयपुर घर भइ काठमाडौँ–३२ जडिबुटी बस्ने उमेश थापा रहेको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ। उनले यहाँस्थित थापा रेष्टुरेन्ट बारमा वेटरमा राख्ने बहानामा यौनकार्यमा लगाएको भनी परेको उजुरीका आधारमा पक्राउ गरिएको हो।

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्