डडेल्धुरामा १० दिनमै भेटिए स्क्रब टाइफस २७ बिरामी
डडेल्धुरा, भदौ १८ : दश दिनमा डडेल्धुरामा २७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। यो संख्या अझै बढ्ने जनाएको छ।
डडेल्धुरा अस्पतालमा आएका एक....

डडेल्धुरा, भदौ १८ : दश दिनमा डडेल्धुरामा २७ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन्। यो संख्या अझै बढ्ने जनाएको छ।
डडेल्धुरा अस्पतालमा आएका एक सय २८ बिरामीलाई जाँच गर्दा २७ जनामा स्क्रब टाइफस फेला परेको ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल बताए। उनीहरू ज्वरो आएपछि अस्पताल आएका थिए।
दश दिनयता ज्वरोका कारण अस्पताल आउनेको मात्रै परीक्षण गरिएको उनले बताए। डडेल्धुरासहित सुदूरपश्चिमका अन्य पहाडी जिल्लाका वासिन्दा पनि यहि अस्पताल आउने गरेका छन्।
गत वर्ष डडेल्धुराको अजयमेरु गाउँपालिकामा स्क्रब टाइफसको सङ्क्रमणका देखिएको थियो। दुई जनाको मृत्यु समेत भएको थियो।
गत वर्ष एक सय ३० जना शंकास्पद बिरामीलाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको थियो। यो पटक भने सुरुआतमै बढी देखिएको छ।
स्क्रब टाइफस लागेमा बिरामीलाई सामान्यतया ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेलले बताए।
स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि अस्पतालमा भने बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने लक्षणका बिरामी आउने गरेका डा.कँडेल बताए।
व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको सङ्क्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिने गर्नुपर्छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)