Kathmandu Press

विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसङ्घको विरोध

काठमाडौं, पुस १६ : काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ।नेविसङ्घले आज...
विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसङ्घको विरोध

काठमाडौं, पुस १६ : काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ।

नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

Hardik ivf

नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको अतिरिक्त शुल्क खारेज गरी विद्यार्थीलाई तत्काल अध्ययन गर्ने वातावरण निर्माण गर्न माग गरे। ‘विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएकै भरमा अध्ययनबाट बञ्चित गर्न मिल्दैन, विद्यार्थीलाई गालीगलौज र धम्की दिने मेडिकल कलेजलाई सरकारले कारबाही गर्नुपर्छ,’ उनले भने।

यसअघि चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयले विद्यार्थीसँग बढी रकम नमाग्न यी कलेजलाई पटकपटक पत्राचार गरिसकेको छ।  

प्रकाशित मिति: १६:३३ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्