Kathmandu Press

चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं, माघ १९ : डा.गोविन्द केसीको समर्थनमा उत्रिएका चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

डा.केसीले अनशन स्थगत गरेपछि नेपाल च....

चिकित्सकको आन्दोलन फिर्ता

काठमाडौं, माघ १९ : डा.गोविन्द केसीको समर्थनमा उत्रिएका चिकित्सकले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

डा.केसीले अनशन स्थगत गरेपछि नेपाल चिकित्सक संघले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो । शनिबार संघका महासचिव डा. लोचन कार्कीले प्रेस विज्ञप्ती जारी गरि आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

यस अघि भएको सहमति अनुसार, चिकित्सा शिक्षा विधेकय ल्याउन पर्ने माग गर्दै डा.केसी अनशनमा बसेका थिए । उनले शुक्रबार २४औ दिनमा अनशन तोडेका हुन् ।

संघले आन्दोलन क्रममा बिरामी, बिरामीका आफन्त र आमसर्वसाधारण परेको असुविधाका लागि क्षमायाचना गरेको छ । त्यस्तै, डा.केसीको अनशनप्रति समर्थन जनाएका सबैलाई धन्यवाद दिएको छ ।

प्रकाशित मिति: १३:०७ बजे, शनिबार, माघ १९, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्