रसुवामा प्रहरीले गरे चालकमाथि निर्घात कुटपिट (भिडियाेसहित)
रसुवा, भदौ १८ : नेपाल प्रहरीका सहायक निरीक्षक (असई)सहित दुई प्रहरीले कन्टेनरका चाकललाई निर्घात कुटपिट गरेका छन्।
उनीहरूले मंगलबार बा ६ ....
रसुवा, भदौ १८ : नेपाल प्रहरीका सहायक निरीक्षक (असई)सहित दुई प्रहरीले कन्टेनरका चाकललाई निर्घात कुटपिट गरेका छन्।
उनीहरूले मंगलबार बा ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान तामाङलाई प्रहरीले निर्घात कुटपिट गरेका हुन्। नेपाल–तिब्बत सामान ढुवानी गर्ने कन्टेनरका चालक तामाङसँग सामान्य विवादमा प्रहरीले निर्घात कुटपिट गरेको हो।
उनीहरूले तथानाम गाली गर्दै कुटपिट गर्दा अन्य सर्वसाधारण भने मूकदर्शक बनेर हेरिरहेका थिए। उनीहरुले चालकलाई लात्ति, मुक्काले हानेका छन् भने कपाल समातेर तानातान गरेका थिए।
साघुँरो सडकमा पार्किङ गर्दा विवाद भएको थियो। विवादमा प्रहरीले हात छाडेपछि चालकले पनि हात छाडेको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सडकमै निर्घात कुटपिट गरेका हुन्।
प्रहरीले कुटपिट गरेकाे भिडियाे :