Kathmandu Press

आलमको मुद्दा न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासमा

काठमाडाैं, पुस १६ : पूर्वमन्त्री मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ।नेपाली कांग्रेसका निलम्बित सांसदसमेत रहेका...
आलमको मुद्दा न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासमा

काठमाडाैं, पुस १६ : पूर्वमन्त्री मोहमद आफताब आलमको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ।

नेपाली कांग्रेसका निलम्बित सांसदसमेत रहेका आलमले थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै आएका छन्। त्यसका लागि आलमले सर्वोच्च अदालतमा दिएको रिट निवेदन आज (शुक्रबार) न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलासमा परेको हो। 

Hardik ivf

विस्फोटक पदार्थको ओसारपसार तथा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग आदि मुद्दामा आलमलाई रौतहट जिल्ला अदालतले २०७६ कात्तिक २९ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।

जिल्ला अदालतको आदेश विरुद्ध उनी उच्च अदालत गएका थिए। उनले २०७६ पुस २८ गते जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत वीरगञ्जमा थुनामुक्त हुन पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। 

उच्च अदालत वीरगञ्जले २०७६ माघ २४ गते आलमलाई थुनामै पठाउने जिल्लाकै आदेशलाई सदर गरेको थियो। उच्च अदालतको उक्त आदेशविरुद्ध आलम २०७७ असोज १२ गते निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। 

आलमले आफूले कुनै अपराध नगरेको दाबी गर्दै थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने र कोरोनाका कारण जेल असुरक्षित भएको भन्दै आफूले थुना बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने जिकिर गदैृ आएका छन्। 

यसअघि आलमको मुद्दा १७ पटक पेसी तोकिए पनि कहिले स्थगित, कहिले हेर्न नमिल्ने र कहिले हेनृ नभ्याइने सूचीमा पर्दै आएको छ। कहिले बेन्च नै नबस्था उनको मुद्दा सदैृसदैृ आइरहेको छ।

प्रकाशित मिति: १३:२३ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्