Kathmandu Press

आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण

काठमाडौं, पुस १६ : भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि आयुर्वेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको...
आर्युवेद स्वास्थ्यसम्बन्धी महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण

काठमाडौं, पुस १६ : भक्तपुर नगरपालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि आयुर्वेद स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
बिहीबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र, भक्तपुरले उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले आर्युवेद चिकित्सा पद्धति लिच्छविकालदेखि सुरु भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको बताए। 

साथै भक्तपुर नगरपालिकाले वडास्तरीय नागरिक आरोग्य केन्द्र सञ्चालन गरी निःशुल्क रुपमा नागरिकहरुलाई आर्युवेदिक औषधिहरु वितरण समेत गर्दै आएको जानकारी दिए । 

आयुर्वेद स्वास्थ्यलाई राज्यले आफ्नो प्राथमिकतामा नराखेको गुनासो गर्दै राज्यबाट सिंहदरबारको वैद्यखाना र नरदेवी अस्पताल संरक्षणको अभावमा बन्द हुने स्थितिमा रहेको उनी बताउँछन् । साथै उनले वैद्यखानाहरुको संरक्षण गरी टोलटोलमै आर्युवेद केन्द्रहरु स्थापना गर्नुपर्ने समेत बताए । 

यस्तै, उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले आर्युवेद स्वास्थ्य उपचारबारे समुदायस्तरबाटै जनचेतना जगाउन आवश्यक भएको बताए।
 

प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्