Kathmandu Press

तनहुँ कारागारमा महिला बन्दीगृह

दमौली, पुस १६ : तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह...
तनहुँ कारागारमा महिला बन्दीगृह

दमौली, पुस १६ : तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृह सञ्चालन अन्तिम चरणमा पुगेको छ । महिला कैदीबन्दीलाई राख्न कारागार परिसरमै महिला बन्दीगृह सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

महिला बन्दीगृह नहुँदा कैदीबन्दीलाई पोखरा वा अन्यत्रै पठाउनुपर्ने बाध्यता रहेको छ । जिल्लामै महिला बन्दीगृह बनेपछि महिलालाई राख्न सहज हुने कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए। 

कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र कम्पाउण्ड गरी महिला बन्दीगृह सञ्चालनमा ल्याइने अधिकारीले बताए। कारागारमा नयाँ भवन निर्माण भएपछि पुराना भवनलाई महिला बन्दीगृह बनाउन लागिएको हो। गत आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालयमार्फत रु २० लाख बजेटको काम भए पनि बजेट अपुगपछि चालु आवमा कारागार व्यवस्थापनले रु २० लाख बजेट विनियोजन गरेको थियो । 

एन्जल कन्स्ट्रक्शनले महिला बन्दीगृह निर्माणको जिम्मा पाएको छ । बीस जना क्षमताको महिला बन्दीगृह माघदेखि सञ्चालनमा ल्याउने तयारी छ । निर्माणको म्याद पुस मसान्तसम्म रहे पनि यही पुस २० गतेभित्र काम सकेर आगामी माघ १ गतेदेखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।

‘महिला बन्दीगृह नहुँदा कैद सजाय भुक्तानका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ, बन्दीगृह सञ्चालनमा आएपछि सहज हुन्छ,’ उनले भने । कारागारको सवारी साधन नहुँदा महिला बन्दीगृहलाई अदालतबाट अन्यत्र जिल्ला लैजान पनि समस्या हुँदै आइरहेको छ । तनहुँ जिल्ला कारागारमा हाल २५८ कैदीबन्दी छन् । एक सय १५ क्षमताको कारागारमा १४४ कैदी र ११४ थुनुवा छन् । 

विदेश जानेलाई खोप

तनहुँको व्यास नगरपालिकाले विदेश जानेलाई खोपको व्यवस्था मिलाउने भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जान लागेकालाई नगरपालिकाले कोरोनाविरुद्धको खोप लगाउन लागेको हो। भिसा र राहदानीका आधारमा उनीहरुलाई जोन्सन खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। उनका अनुसार नगरपालिकाको कार्यालयमा यही पुस १६, १८ र १९ गते खोप लगाइनेछ। 

प्रकाशित मिति: ११:२६ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्