Kathmandu Press

भन्सार छलेर ल्याइएको ६० लाख मूल्य बराबरको सामान बरामद

वीरगञ्ज, पुस १६ : करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ...
भन्सार छलेर ल्याइएको ६० लाख मूल्य बराबरको सामान बरामद
फाइल तस्बिर
Hardik ivf

वीरगञ्ज, पुस १६ : करिब रु ६० लाख बराबरको भन्सार छली ल्याइएको खुद्रा सामान तथा औषधि लोड रहेको एउटा ट्रकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिई कारबाहीका लागि बिहीबार राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जनाइएको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरचोकस्थित सडकखण्डमा प्रदेश नं २–०३–००१ख ०१२९ नंको मालवाहक ट्रक तथा चालक बाराका परवानीपुर गाउँपालिका–२ बस्ने ३३ वर्षीय नसरूदीन मियाँलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सामाग्रीको करिब रु ६० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ। 

प्रकाशित मिति: १०:११ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्