Kathmandu Press

रुकुमका ६ हजार बालबालिकालाई कोरोना खोप

रुकुम, पुस १६ : रुकुम पूर्वका ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्।जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२...
रुकुमका ६ हजार बालबालिकालाई कोरोना खोप

रुकुम, पुस १६ : रुकुम पूर्वका ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन्।

जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ देखि १७ वर्षसम्मका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।

जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिए।

सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मेडर्ना खोपको पहिलो मात्रा लगाएका छन्। पुथाउत्तरगङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताए।

जिल्लामा यही पुुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथाउत्तरगङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो।

स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ। पुस २० गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:४५ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्