Kathmandu Press

काठमाडौंमा बाक्लो हुस्सु, दिउसो वर्षाको सम्भावना

काठमाडौंमा बाक्लो हुस्सु, दिउसो वर्षाको सम्भावना

काठमाडौं, पुस १६ : काठमाडौं उपत्यका लगायत देशका अधिकांस पहाडी क्षेत्रमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ भने दिउसो वर्षाको सम्भावना रहेको छ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यसकै प्रभावले देशभरको मौसम आंशिक बदली भएको छ। काठमाडौं लगायत धेरैजसो स्थानमा हुस्सु–कुहिरो लागेको छ।

Hardik ivf

आज दिउसो पनि मौसम बदली रहने जनाएको छ। विशेष गरेर गण्डकी र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौंमा बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित भएका छन्। भिजीविलिटी कम हुँदा आन्तरिक उडान रोकिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

आज बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम बढेर १४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, पुस १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्