Kathmandu Press

हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी, पुस १६ : एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली फर्किएको छ।गुर्जाको सुकेलट्टेमा...
हिमपहिरो गएको ठाउँ पुगेर फर्कियो सेनाको टोली

म्याग्दी, पुस १६ : एक जना बेपत्ता हुने गरि  धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली फर्किएको छ।

गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका छन्। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।

काठमाडौंबाट हेलिकप्टरमा सेनाको टोली गुर्जा पुगेर फर्किएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले बताए। उनका अनुसार अलपत्र परेका तीन जनालाई खाद्यान्न र बेपत्ताको खोजिका लागि गुर्जाका चार जनालाई सुकेलट्टे पु¥याएर सेनाको टोली हेलिकप्टरमा फर्किएको हो।

करिब चार÷पाँच फिट तल पुरिएका रामबहादुरको हिउँ पग्लेपछि खोजी गर्ने त्यहाँ पुगेका स्थानीयले बताएका गुर्जाका वडाध्यक्ष झक छन्त्यालले बताए। गोठ भएको ठाउँमा रातिको समयमा हिउँपहिरो आएर क्षति भएको उनले जानकारी दिए।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जा जोड्ने पदमार्ग, विद्युत् र मोबाइल सेवा पनि अवरुद्ध भएको छ। छिमेकी लुलाङबाट गुर्जा पुग्न पुरै एक दिन हिँड्नुपर्छ। पैदल हिँडेर घटनास्थल पुग्न नसकिने भएपछि उद्दार र बेपत्ताको खोजीमा सेनाको हेलिकप्टर बोलाइएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए। (रासस)

प्रकाशित मिति: ०६:५६ बजे, शुक्रबार, पुस १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्