Kathmandu Press

भारतको आर्थिक मन्दीले धनाढ्यहरू संकटमा

देशको अल्ट्रा‑रिचलाई भारतको अर्थतन्त्रमा विश्वास छैन। उनीहरू आफ्नो सम्पत्ति अन्यत्रै राख्न चाहन्छन्।

सांघाईस्थित हुरून नामक संस्थाको सर्वेक्षणका अनुसार दुई त....

भारतको आर्थिक मन्दीले धनाढ्यहरू संकटमा

देशको अल्ट्रा‑रिचलाई भारतको अर्थतन्त्रमा विश्वास छैन। उनीहरू आफ्नो सम्पत्ति अन्यत्रै राख्न चाहन्छन्।

सांघाईस्थित हुरून नामक संस्थाको सर्वेक्षणका अनुसार दुई तिहाइभन्दा धेरै अति धनाढ्य भारतको वर्तमान अर्थतन्त्र र आउने तीन वर्षबारे सकारात्मक छैनन्।

वास्तवमा २४ प्रतिशत सहभागी मात्रै भारतीय अर्थतन्त्रबारे सकारात्मक देखिन्‍छन्। सर्वेक्षणका लागि हुरूनले धनाढ्यमध्ये पनि विभिन्न सहभागी छनोट गरेको थियो। सर्वेक्षणमा सहभागीमध्ये औसत व्यक्तिको उमेर ३५ वर्ष थियो भने ५८ प्रतिशत पुरूष सहभागी थिए।

Hardik ivf

सर्वेक्षणले लगानीका अवसरबारे धनाढ्यहरू नकारात्मक देखिँदै गएको पनि देखाएको छ। अति धनाढ्यमध्ये ३६ प्रतिशतभन्दा धेरैले भावी लगानीको जोखिम घटाएको बताए। त्यसैले उनीहरू रियल इस्टेट, सुन, स्थिर आय योजना र निक्षेपजस्ता कम अस्थिर योजनामा लगानी गर्न इच्छुक देखिए। उनीहरूमध्ये तीस प्रतिशतभन्दा धेरैले आउने तीन वर्षमा रियल इस्टेटको मूल्य बढ्ने अनुमान गरेका छ्‍न्।

आश्चर्य त के छ भने भर्चुअल करेन्सीलाई धेरै सुरक्षित र आउने समयको ठूलो लगानी माने पनि करिब ५० प्रतिशत भारतीय लगानीकर्ताहरू त्यसबारे अञ्जान छन्। करिब ५० प्रतिशत भारतीय व्यापारीले भर्चुअल करेन्सीमा लगानी गर्नेबारे केही थाहा नभएको बताए।

यसबाहेक भारतका धनाढ्यहरू देशबाहिर पनि लगानी गर्नेबारे विचार गरिरहेको सर्वेक्षणले देखाएको छ।

भारतका उच्च‑धनाढ्य वर्गका लागि संयुक्त अधिराज्य वैदेशिक लगानीको सबैभन्दा उत्तम स्थान देखिएको छ। त्यो हो सामाजिक‑राजनीतिक अस्तव्यस्तताका बाबजुत यस्तो हुनु सकारात्मक मान्न सकिन्छ। सिंगापुर र क्यानडा, उनीहरूको अर्को प्राथमिकता हो।

भारतभित्र पनि धनाढ्यहरू दुई महत्वपूर्ण शहरबारे सकारात्मक देखिन्छन् ‑ मुम्बई र दिल्ली। आउने दशकमा लगानीकर्ताका लागि विश्वका दश उत्कृष्ट शहरमध्ये दक्षिण एसियाबाट यी दुई शहरमात्रै प्रतिस्पर्धी देखिएको अध्ययनले जनाएको छ।

scroll.in बाट नेपाली अनुवाद

प्रकाशित मिति: ०६:५५ बजे, बुधबार, भदौ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्