Kathmandu Press

हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

काठमाडाैं, पुस १५ : हिमपातका कारण मंगलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।मंगलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग...
हिउँ हटाएपछि बैतडीको राजमार्ग सञ्चालनमा

काठमाडाैं, पुस १५ : हिमपातका कारण मंगलबार साँझदेखि अवरुद्ध भएको दशरथचन्द र जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

मंगलबार साँझदेखि लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए। नेपाली सेनाले बैतडीस्थित दशरथचन्द राजमार्गमा जमेको हिउँ हटाएको छ।

Hardik ivf

हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले राजमार्गअन्तर्गत देहिमाडौँ, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो। मंगलबार साँझदेखि परेको बाक्लो हिमपातले राजमार्ग अवरुद्ध र जनजीवन प्रभावित हुन थालेकाले सडकको हिउँ हटाइएको हनुमानध्वज गुल्मका गुल्मपति, सेनानी खिलबहादुर रानाले जानकारी दिए।

यसका साथै कठपतेमा रहेको टेलिकमको टावर आसपास क्षेत्रको हिउँ पनि हटाइएको जनाइएको छ। उनले भने, ‘सवारी दुर्घटना हुन सक्ने, विद्युत् सेवा, इन्टरनेट, सञ्चार सेवा तत्काल सुचारु गर्न हिउँ हटाएका हौं।’ आपतविपत्मा नेपाली सेना सधैं साथमा रहेको सन्देश दिन हामीले पछिल्लो समय सामाजिक कार्य र विपत्मा परेकाको उद्धारलगायत काम गरिरहेका उनको भनाइ छ। 

यस्तै भारी हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द र जयपृथ्वी राजमार्ग सुचारु भएको छ। खोडपे, अनारखोली, ढोल्यामोडलगायतका क्षेत्रमा जमेको हिउँका कारण बुधबार बिहानैदेखि अवरुद्ध बनेका राजमार्ग दिउँसोपछि सुचारु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्का बताए। 

यसैबीच वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन्। यो वर्ष समयमै हिउँ परेकाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन्।  

प्रकाशित मिति: १७:३२ बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्