Kathmandu Press

कालीकोटमा महिला मतदाताको संख्यामा वृद्धि

काठमाडौं, पुस १५ : कालीकोट जिल्लामा गत मंसिर १७ देखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको...
कालीकोटमा महिला मतदाताको संख्यामा वृद्धि

काठमाडौं, पुस १५ : कालीकोट जिल्लामा गत मंसिर १७ देखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ। 

जिल्लाका नौ स्थानीय तहमा संकलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको हो। ती स्थानीय तहका सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनमा जम्मा २ हजार ५७८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले जानकारी दिए।

Hardik ivf

उनका अनुसार हालसम्म १५६१ महिला र १०१७  पुरुष गरी दुई हजार ५७८ जनाले नाम दर्ता गराएका हुन्। स्थानीय तहमध्ये तिलागुफा नगरपालिकामा  ३११ महिला १३७ पुरुष, रास्कोट नगरपालिकामा ३१८ महिला ३०० पुरुष,  महावैमा १४० महिला ९२ पुरुष, नरहरिनाथमा ३८८ महिला २११ पुरुष, शुभकालिकामा १८४ महिला १५६ पुरुष, सान्नी त्रिवेणीकामा ८८ महिला ६६ पुरुष, पचालभरनामा २०७ महिला ९२ जना पुरुष र पलाँता गाउँपालिका १३८ महिला ५९ पुरुष मतदाता थपिएका उनले बताए।

ती स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली संकलन विशेष कार्यक्रम आयोजना गरिएको थियो। अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन कार्य जारी रहेको उनको भनाइ छ।

प्रकाशित मिति: १४:२० बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्