नेपाली राष्ट्रिय भलिबल टोली स्वदेश फर्कियो
काठमाडौं, पुस १५ ः नेपाली राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएको छ। बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली तथा...
काठमाडौं, पुस १५ ः नेपाली राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएको छ। बंगलादेशमा सम्पन्न एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा च्याम्पियन महिला टोली तथा चौथो भएको पुरुष टोली बिहीबार बिहान स्वदेश फर्किएको हो ।
महिलातर्फ नेपाली टिम अपराजित रहँदै च्याम्पियन बनेको थियो भने पुरुष टिम चौथो भएको थियो ।
फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गर्न सफल भएको थियो। यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो।
यता, पुरुषतर्फ नेपाल उज्वेकसस्तानसँग सोझो सेटमा पराजित हुँदै पदकविहीन बन्न पुगेको थियो।
यता, पुरुष टोलीका मुख्य प्रशिक्षक हान एबिङ भने बंगलादेशबाटै आफ्नो नेदरल्यान्ड्स जानेछन्।
प्रकाशित मिति: १३:३२ बजे, बिहीबार, पुस १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











