Kathmandu Press

मौसममा क्रमिक सुधार हुँदै

काठमाडौं, पुस १५ ः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हँुदै जाने भएको छ । उक्त प्रणाली आजदेखि...
मौसममा क्रमिक सुधार हुँदै

काठमाडौं, पुस १५ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनयतादेखि प्रभावित मौसम क्रमिकरुपमा सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट विस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।

देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपसमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो । हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ। 

Hardik ivf

राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ। 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री  र सबैभन्दा धेरै भैरवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ।  

प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, पुस १५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्