Kathmandu Press

यसरी मनाए तेस्रोलिङ्गीले तीज (फोटो)

काठमाडौं, भदौ १७ : लैङ्गिक अल्पसंख्यकहरूले पनि हरितालिका तीज धुमधामसँग मनाएका छन्। 

सोमबार काठमाडौंका विभिन्न ठाउँमा तेस्रोलिंगीहर....

यसरी मनाए तेस्रोलिङ्गीले तीज (फोटो)
रिवाज राई

काठमाडौं, भदौ १७ : लैङ्गिक अल्पसंख्यकहरूले पनि हरितालिका तीज धुमधामसँग मनाएका छन्। 

सोमबार काठमाडौंका विभिन्न ठाउँमा तेस्रोलिंगीहरुले नाचगान गरेर तीज मनाएका हुन्। तीजका दिन तेस्रोलिङ्गी प्राप्ती शर्मालाई भ्याइनभ्याइ थियो। 

बिहानै उठेर नाच्न जानुअघि प्राप्तीले श्रृंगारपठार गरिन्। जब अनुहार ऐना हेरिन्, आफैलाई देखेर दङ्ग परिन्। तीजका लागि चुरा, पोते, सारी र मेहन्दी लगाउँदै मख्ख थिइन्, प्राप्ती। 

सानो छँदा अरुले नदेख्ने गरी कहिलेकाहिँ चुरा र सारी लगाउने गरेको उनले सुनाइन्। ‘ती दिन त म सम्झिन पनि चाहन्न। अब म खुलेर आफ्नो पहिचानमा आइसके। अरु महिलाहरूले जस्तै तीज मनाउँछु,’ उनले भनिन्। 

यस पटक उनी पनि ब्रतसमेत बसिन्। आफूजस्तै साथीसँग मिलेर दर खाइन र रमाइलोसँग नाचगान गरेको उनले बताइन्।

‘राम्रो साथी पाउँ भनेर ब्रत पनि बसें,’ उनले भनिन्। प्राप्ती विहे गर्ने पनि सोचमा छिन्। ‘श्रीमानको लामो आयुको लागि ब्रत बस्ने धार्मिक परम्परा छ। मेरो बिहे भएको छैन तर राम्रो साथी पाउँ भन्दै ब्रत बसेकी हुँ,’ उनले भनिन्।


 

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्