Kathmandu Press

तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ : मुख्यमन्त्री शाही

कर्णाली, पुस १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने...
तमु ल्होसारले सबै नेपालीबीच आपसी सद्भाव बढाउनेछ : मुख्यमन्त्री शाही

कर्णाली, पुस १५ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले तमु ल्होसार पर्वले सबै नेपाली समुदायबीच आपसी विश्वास, सद्भाव, एकता र बन्धुत्वको भावना प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले नेपालीबीच एकापसमा पारस्परिक सद्भाव र सहिष्णुताको भावना थप प्रगाढ राख्न पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री शाहीले विविधताभित्रको एकता र सामाजिक सद्भाव नेपाली सांस्कृतिक पहिचानका उदाहरण भएको उल्लेख गर्दै नेपाल सरकारले यस पर्वका अवसरमा सार्वजनिक बिदा दिएकामा धन्यवाद व्यक्त गरेका छन्। 

शुभकामना सन्देशमा उनले कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका न्यूनतम मापदण्डको पालना गरी हर्षोल्लासका साथ यो पर्व मनाउन अनुरोध गरेका छन्। 

प्रकाशित मिति: ११:०० बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्