Kathmandu Press

सुदूरपश्चिमी पहाडमा भूकम्पको धक्का महसुस

सुदूरपश्चिमी पहाडमा भूकम्पको धक्का महसुस

बैतडी, पुस १५ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

गएराति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार ४.६ रेक्टर स्केलको भूकम्प गएको हो।

यसको केन्द्रबिन्दु भने भारतमा रहेको छ। भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, पुस १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्