Kathmandu Press

राजा वीरेन्द्रकाे जन्मजयन्तीकाे अवसरमा दीप प्रज्वलन

काठमाडाैं, पुस १४ : वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्तिप्रेमी राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै जवलाखेलमा आज दीप प्रज्वलन गरेको...
राजा वीरेन्द्रकाे जन्मजयन्तीकाे अवसरमा दीप प्रज्वलन

काठमाडाैं, पुस १४ : वीरेन्द्र शान्ति प्रतिष्ठानले शान्तिप्रेमी राजा वीरेन्द्र शाहको ७७औँ जन्मजयन्तीको अवसरमा मुलुकमा शान्तिको कामना गर्दै जवलाखेलमा आज दीप प्रज्वलन गरेको छ। प्रतिष्ठानले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा स्व. शाहले पुर्‍याएको योगदानको स्मरण गरेको छ।

प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले नेपाललाई अन्तर्राष्ट्रिय तहमा फरक पहिचान बनाउन शान्ति क्षेत्रको प्रस्ताव गरेका स्व राजा वीरेन्द्र राष्ट्रवादी, शान्ति, विकास र प्रजातन्त्रका पक्षधर भएको बताए। उक्त प्रस्तावका पक्षमा ११६ राष्ट्रले हस्ताक्षर गरेका जनाइएको छ।

जागरण मिडियाका अध्यक्ष रञ्जित धमलाले सरल स्वभावका राजा वीरेन्द्रले विसं २०४६ मा बहुदलको पुनःस्थापना गरी प्रजातन्त्रको पक्षधर भएको पुष्टि गर्नुका साथै सुशासन कायम गर्न प्रयत्नशील व्यक्तित्वका रूपमा छवि बनाएकाले शान्तिप्रेमी, असल कूटनीतिज्ञ र राष्ट्रवादी नेताका रूपमा सम्मान गर्नुपर्नेमा जोड दिए। उनले राजा वीरेन्द्रले राष्ट्रवादी आदर्श र योगदानको उच्च मूल्याङ्कन गरी देशमा विधिको शासनका माध्यमबाट जनताको उन्नति गर्न सकेमा उनीप्रतिको सच्चा सम्मान हुने विचार व्यक्त गरे।

उक्त स्थानमा रहेको वीरेन्द्रको सालिकमा माल्यार्पण गरिएको थियो। विसं २००२ पुस १४ जन्मिएका राजा वीरेन्द्रको विसं २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डमा वंश नाश भएको थियो।

प्रकाशित मिति: २१:०४ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्