Kathmandu Press

रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडाैं, पुस १४ : सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश...
रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडाैं, पुस १४ : सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बनको गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले आज रेग्मीलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतबाट निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको हो। अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको यही पुस २ गते बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

मन्त्रालयको उक्त निर्णय विरुद्ध रेग्मीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकाे थियाे। सोही रिट निवेदनमाथिको प्रारम्भिक सुुनुवाइपछि अदालतको उक्त  दिएको हो।

प्रकाशित मिति: २०:५९ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्