Kathmandu Press

मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी

कर्णाली, पुस १४ : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को...
मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी

कर्णाली, पुस १४ : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को स्थापना दिवसका अवसरमा आज जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा पत्रकार र खेलकुद विकास परिषद्का पदाधिकारी तथा कर्मचारीबीच भएको मैत्रीपूर्ण भलिबल खेल प्रतियोगिता भएको थियो। उक्त खेलमा सोझो दुवै सेट आफ्नो हातमा पारेर पत्रकारको टोली विजयी भएको छ।

खेलको पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुँदा खेलकुद पदाधिकारीसँग २४–२२ ले पछाडि परेको पत्रकार टोलीले प्रतिद्वन्द्वी टोलीलाई पछि पार्दै २६–२४ अङ्कले जीत हात पारेको थियो। दोस्रो सेटको खेलमा सुरुबाटै खेलकुद पदाधिकारीको टोलीलाई पछि पार्न सफल पत्रकार टोलीले अन्त्यमा २५–१२ अङ्क बढी ल्याएर जितेको थियो।

उक्त प्रतियोगिता पत्रकार टोलीको नेतृत्व केशव ढकालको थियो भने खेलकुद पदाधिकारीको नेतृत्व कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले गरेका थिए। विजेता खेलाडीलाई परिषद् स्थापना दिवसका अवसरमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रकाशित मिति: २०:१९ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्