Kathmandu Press

पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी

काठमाडाैं, पुस १४ : नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको १४औँ महाधिवेशनमा...
पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्छु : मन्त्री चौधरी

काठमाडाैं, पुस १४ : नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पार्टीको १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका खानेपानी तथा सरसफाइमन्त्री चौधरीले आज लैनचौर ब्याङ्क्वेटमा आयोजना गरेको ‘धन्यवाद ज्ञापन’ कार्यक्रममा उनले आफूले पार्टी र सरकारको काम सफलतापूर्वक सम्पन्न गर्ने विश्वास दिलाए।

'तपाईँहरूले मलाई जुन विश्वासका साथ पार्टीको सहमहामन्त्रीमा निर्वाचित गर्नुभएको छ र सरकारमा मन्त्रीका रूपमा पठाउनुभएको छ, त्यस अवसरलाई म खेर फाल्दिन,' उनले भने। मन्त्री चौधरीले पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौँमा ल्याएर काठमाडौँवासीलाई खुवाउने सपना देखेकाे र उक्त सपनालाई आफूले अस्थायी रूपमा भए पनि पूरा गर्न लाग्ने बताए। खानेपानी जनताको मौलिक हक भएकाले यसलाई पूरा गर्ने दायित्व सरकारको भएको उनको भनाइ थियो।

Hardik ivf

कांग्रेस नेता प्रदीप पौडेलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र १४औँ महाधिवेशनले बलियो बनाएको बताए। 'कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीमा नीति र विचारभन्दा व्यक्तिको बीचमा प्रतिस्पर्धा भयो, जुन दुःखद कुरा हो,' उनले भने। पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारजित हुन्छ महाधिवेशनमा विजेताले उपविजेतालाई सँगै लिएर अगाडि बढेमात्र पार्टी बलियो हुने उनको भनाइ थियो।

कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले कांग्रेसको नयाँ नेतृत्वले पार्टीलाई अझै सशक्त र बलियो बनाएर अगाडि बढ्नुपर्ने बताए। अर्को केन्द्रीय सदस्य मञ्जु यादवले आगामी तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गर्नेगरी कांग्रेसले सङ्गठन अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति: १९:३५ बजे, बुधबार, पुस १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्