Kathmandu Press

काठमाडौंकाे छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

काठमाडौं, पुस १४ : काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । जिल्लाको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४...
काठमाडौंकाे छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत फेला

काठमाडौं, पुस १४ : काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन् । 

जिल्लाको नागार्जुन नगरपालिका–३ सानोभ¥याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । 

यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

प्रकाशित मिति: १८:०३ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्