Kathmandu Press

पूर्वजीवित कुमारी, भैरव र गणेशलाई महानगरको सम्मान

काठमाडौं, १४ पुष : काठमाडौं महानगरपालिकाले जीवित देवीदेवताका रुपमा पुजिने पूर्व कुमारी, गणेश तथा भैरवलाइ सम्मान तथा श्रीपद भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ...
पूर्वजीवित कुमारी, भैरव र गणेशलाई महानगरको सम्मान

काठमाडौं, १४ पुष : काठमाडौं महानगरपालिकाले जीवित देवीदेवताका रुपमा पुजिने पूर्व कुमारी, गणेश तथा भैरवलाइ सम्मान तथा श्रीपद भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

मंगलबार एक कार्यक्रम गरी उनीहरुको सम्मान गरेको हो। महानगरपालिकाले पूर्व जीवित कुमारीहरुलाई जनही १५ हजार र पूर्व गणेश तथा भैरवलाई १२ हजार रुपैंया मासिक रुपमा प्रदान गर्ने व्यवस्था गरेको छ । 

Hardik ivf

आर्थिक वर्षको अन्त्यमा एकमुष्ठ रुपमा चेक हस्तान्तरण गर्ने गरेको पूर्व जीवित कुमारी मतिना शाक्यका पिता प्रताप शाक्यले काठमाडौं प्रेसलाई जानकारी दिए । कार्यक्रममा नौ जना पूर्व कुमारी, ७ जना पूर्व गणेश र ८ जना पूर्व भैरवलाई भत्ता वितरण गरिएको छ । 

सम्मान तथा श्रीपद भत्ता काठमाडौं महानगरपालिकाको वार्षिक कार्यक्रम योजना अन्तर्गत पर्ने गरेको छ । त्यस्तै, निवर्तमान् कुमारी, भैरव तथा गणेशलाई विशेषः सम्मान गरिएको थियो । महानगरपालिकाले वर्तमान जीवित कुमारीलाई मासिक ५० हजार  तथा गणेश र भैरवलाई ३० हजार रुपैयाँ भत्ता स्वरुप दिँदै आएको छ। 

यसका साथै, पुर्व कुमारी मतिना शाक्य, पूर्व गणेश संवेग शाक्य र पूर्व भैरव रुजन शाक्यलाई महानगरपालिकाद्धारा सम्मानका साथ कदर पात्र प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि मेयर विद्या सुन्दर शाक्य थिए भने, उपमेयर हरिप्रभा खड्गीको पनि उपस्थिति थियो ।
 

प्रकाशित मिति: १७:१८ बजे, बुधबार, पुस १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्