Kathmandu Press

जुम्लामा हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर

जुम्लामा हिमपातले चिसो बढ्यो, जनजीवन कष्टकर

खलङ्गा, पुस १४ : जुम्लाको माथिल्लो भेगमा बुधबार बिहानदेखि  हिमपात भएको छ । मङ्गलबारदेखि मौसममा फेरबदल आएसँगै जिल्लामा हिमपात भएकोे जनाइएको छ ।  हिमपात हुँदा अत्यधिक बढेको जाडोले यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको तिला गाउँपालिका–१ का स्थानीयवासी मञ्जु बुढाले जानकारी दिए । उनले भने, ‘गत वर्षभन्दा यो वर्ष धेरै चिसो बढेको छ। हिउँ परेपछि अझै जाडो बढ्दै गएको छ । बालबालिका र वृद्धालाई निकै सास्ती भएको छ।’

जिल्लाको पातारासी र गुठीचौर गाउँपालिमकामा बाक्लो हिमपात परेको जनाइएको छ । अहिले खलङ्गामा हिउँ परिरहेको छ। गत मङ्सिर महिना सुरु भएदेखि नै यहाँको तापक्रम माइनसमा गएपछि सदरमुकाम खलङ्गामा हिमपातले चिसो अत्यधिक बढेको छ। 

हिमपातले जिल्लाका सुरक्षाकर्मीलाई समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिउँ परेपछि जिल्लाबाट नेपालगञ्जसम्मको उडान गर्दै आएका  हवाईसेवा समेत ठप्प भएका छन् । कर्णाली राजमार्गमा चल्ने लामो तथा छोटो दूरीमा सवारीसाधन फाट्टफुट्ट मात्र चलेको तिला कर्णाली यातायात समितिले जनाएको छ ।

Hardik ivf

हिमपातले हिउँदे बालीलाई राहत 

हिमपातले हिउँदे बालीलाई पानीको मात्रामा मद्दत गर्ने भएपछि यहाँका किसानलाई भने राहत भएको छ । हिउँदे बालीनालीलाई चाहिने पानीको याममा हिउँ पर्दा यहाँका किसानलाई राहत हुने चन्दननाथ नगरपालिका–२ का रमिला भण्डारीले बताए।

वर्षातले हिउँदे बालीलाई फाइदाजनक पुग्ने कृषि विकास कार्यालयले जनाएको छ । सिँचाइ सुविधा नभएर ठाउँमा यो हिउँले गहुँ, जौबाली, हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत हुने कार्यालयका  प्रविधिक सुकिराम नेपालीले बताए। स्याउका बिरुवा रोप्ने समय आएको छ । फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक रहेको यहाँका किसान बताउँछन् ।

अत्यधिक जाडो 

हिउँ परेपछि अत्यधिक जाडो बढाएको छ । हिमपात भइरहेको छ रोकिएको छैन हिउँले जिल्लाको धेरैजसो ठाउँमा जाडो बढाएको छ। जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी विशाल नेपालीले बताए। हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । प्रशासनले चिसोबाट बच्न न्यानो भएर बस्न आग्रह गरेको छ । 

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताए। प्रशासनले बालबालिका र वृद्धालाई न्यानो तथा शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध गरेको छ।

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, पुस १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्