Kathmandu Press

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

दमक, पुस १३ : झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।प्र १–०२–०४३प ६९२६ नम्बरको...
मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

दमक, पुस १३ : झापाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हँुदा एकै साथ तीन जनाको मृत्यु भएको छ ।

प्र १–०२–०४३प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडकछेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 

Hardik ivf

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।

तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

प्रकाशित मिति: १२:०४ बजे, बुधबार, पुस १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्