Kathmandu Press

बलात्कारको आरोपमा काठमाडौं बसपार्कबाट सात जना पक्राउ

काठमाडौं, पुस १४ : काठमाडौंको नयाँ बसपार्कको एक होटलमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन्।युवतीले दिएको उजुरीका आधारमा प्रहरीले...
बलात्कारको आरोपमा काठमाडौं बसपार्कबाट सात जना पक्राउ

काठमाडौं, पुस १४ : काठमाडौंको नयाँ बसपार्कको एक होटलमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन्।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ भने दुई जनाको खोजी भइरहेको महानगरीय प्रहरी वृत्तले जनाएको छ।

काठमाडौंका प्रहरी प्रमुख सुदीप गिरीका अनुसार मुगुको छाँयानाथ रारा नगरपालिकाका हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरी बुढा, युवराज बडुवाल र अर्घाखाँचीको सितगंगा नगरपालिकाका गोपाल कुमार शिरीषलाई पक्राउ गरिएको छ।

त्यस्तै, घटनामा संलग्न रहेका मुगुकै हस्त नेपाली र चन्द्र साँउदको खोजी भइरहेको उनले बताए। दुवै जना फरार रहेका छन्।

उनीहरुले होटलमा बन्धक बनाएर युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ। युवतीको स्वास्थ्य परीक्षण गरेर प्रहरीले आफ्नो संरक्षणमा राखेको छ।

 

प्रकाशित मिति: ०८:४३ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्