Kathmandu Press

अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

जाजरकोट, पुस १४ : गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ।उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र...
अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित

जाजरकोट, पुस १४ : गए रातिदेखि लगातार परेको पानीका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पाको जनजीवन प्रभावित भएको छ।

उपल्लो डोल्पा, जाजरकोटको बारेकोट र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको उच्च भागमा हिमपात जारी छ। हिमपातसँगै अधिकांश ठाउँको फोन सेवासमेत प्रभावित भएको छ।

जाडोका कारण जनजीवन कष्टकर भएको डोल्पाको कुम्ली विद्यालयका शिक्षक जयकृष्ण हमालले जानकारी दिए। बिहानै घाँस सङ्कलन गर्ने काम ठप्प भएपछि पशुचौपायलाई खुवाउने आहाराका लागि समस्या भएको स्थानीयले बताएका छन्।

चिसो अत्यधिक बढेपछि पठनपाठन प्रभावित बनेको छ। नियमित पानी परेपछि यातायात सेवासमेत प्रभावित भएको छ।

प्रकाशित मिति: ०८:०५ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्