Kathmandu Press

सिरहामा लगाइएको कर्फ्यू हट्यो

सिरहा, पुस १४ : स्थानीय प्रशासनले सिरहामा लगाएको कर्फ्यू गएरातिबाट हटाएको छ।सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलान खोलादेख...
सिरहामा लगाइएको कर्फ्यू हट्यो

सिरहा, पुस १४ : स्थानीय प्रशासनले सिरहामा लगाएको कर्फ्यू गएरातिबाट हटाएको छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्ति जारी गर्दै पूर्वमा बलान खोलादेख पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५०० मिटर आसपासको क्षेत्र र चोहर्वादेखि सिरहा सडकखण्डको पिके राज इन्टरप्राइजेज (पेट्रोल पम्पसम्म) तथा सो मार्गसमेत तथा ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रसम्म लगाइएको निषेधाज्ञा हटाइएको जनाएका छन्।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विगत तीनदेखि जारी राखेको बन्द हड्तालका कारण सर्वसाधारण जोखिममा परेको भन्दै जिल्ला प्रशासन कार्यालय मंगलबार बिहानबाट कर्फ्यू लगाएको थियो। बुधबार बेलुका ७ बजेसम्मका लागि जारी गरिएको कर्फ्यू मंगलबार रातिबाटै हटाइएको हो।

सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए। गहुँको बीउ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय किसान मिथिलेश यादवलाई पक्राउ गरेको थियो।

जिल्ला अदालत सिरहाले पक्राउ परेका यादवलाई आज तारेखमा छाड्न आदेश दिएको जनाएको छ।

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, पुस १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्