निगमको ओसाका उडान कटौती, अब सातामा दुई दिनमात्रै
काठमाडौं, भदौ १७ : जापानको ओसाका उडान सुरू गरेको नेपाल वायुसेवा निगमले पहिलो सातामै उडान कटौती गरेको छ। अब साताको दुई दिनमात्रै उडान भर्ने भएको छ।
....
काठमाडौं, भदौ १७ : जापानको ओसाका उडान सुरू गरेको नेपाल वायुसेवा निगमले पहिलो सातामै उडान कटौती गरेको छ। अब साताको दुई दिनमात्रै उडान भर्ने भएको छ।
वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको सङ्ख्या कम रहेको भन्दै जापानमा उडान तालिका घटाएको हो। निगमले अब मंगलबार र शनिबार मात्र उडान गर्नेछ।
यसअघि सातामा तीन दिन आइतबार, मंगलबार र शनिबार उडान गर्ने कार्यतालिका थियो। पहिलो उडान भदौ १२ गते भरेको थियो।
ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३०३०–२०० जहाजले पहिलो उडान गरेको थियो। त्यसयता जम्मा तीन उडान भएका छन्।
पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले बताए।
उनका अनुसार दशैं, तिहार र त्यसपछिको समयमा हालको उडान सङ्ख्या बढाएर चार पुर्याइनेछ।
सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको सङ्ख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो। त्यसताका निगमले काठमाडौंदेखि चीनको साङ्घाई हुँदै ओसाका उडाउने गरेको थियो।










-1754206481.jpg)
