Kathmandu Press

३६ लाख बराबरको ब्याट्री बरामद

नवलपरासी, पुस १३ :  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु ३६ लाख बढीको ब्याट्री बरामद गरेको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००१...
३६ लाख बराबरको ब्याट्री बरामद

नवलपरासी, पुस १३ :  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले रु ३६ लाख बढीको ब्याट्री बरामद गरेको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वाग्मती प्रदेश०३–००१ ख १५५२ नम्बरको ट्रकबाट प्रहरीले कागजागत बिनाका ब्याट्री बरामद आज गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले कावासोती–८ थाना चोकमा सवारीसाधनको सुरक्षा जाँच गर्ने क्रममा उक्त ट्रकमा लोड भई आएका विभिन्न आकारका बिल कागजात नभएका २४.१६० टन पुराना ब्याट्री बरामद गरिएको जानकारी दिए। प्रहरीले बरामद गरेको ब्याट्रीको मूल्य रु ३६ लाख २४ हजार रहेको मल्लले बताए। प्रहरीले ब्याट्रीसहित ट्रक चालक सर्लाहीको मलङ्गवा नगरपालिका–२ घर भएका २७ वर्षीय प्रमोद राय, ट्रकमा सवार रौतहटको परौवा नगरपालिका–६ का ४७ वर्षीय नीरजकुमार जैसवाल र सर्लाहीकै मलङ्गवा–२ का आकाश कुमारलाई नियन्त्रणमा लिएको मल्लले जानकारी दिए।

नियन्त्रणमा लिइएका तीनै जना व्यक्ति तथा ब्याट्री र ट्रकलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको मल्लले बताए।

प्रकाशित मिति: २०:३९ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्