सेन्ट्रल जोन महिला भलिबल उपाधि जित्ने नेपाली टिमलाई प्रधानमन्त्रीको बधाई
काठमाडौं, पुस १३ : लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने नेपाली महिला भलिबल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले...
काठमाडौं, पुस १३ : लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने नेपाली महिला भलिबल टिमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन्।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत अपराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने नेपाली टिमलाई बधाई तथा शुभकामना दिएका हुन्।
‘एभिसी सेन्ट्रल जोन महिला च्यालेन्ज कप’को उपाधि लगातार दोस्रोपटक जित्न सफल नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई हार्दिक बधाई,’ उनले सामाजिक सञ्जालमा लेखका छन्, ‘आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै निरन्तर सफलता प्राप्तिको शुभकामना व्यक्त गर्दछु ।’
मंगलबार बंगलादेशको ढाकामा मंगलबार भएको रोमाञ्चक फाइनलमा उज्वेकिस्तानमाथि ३–२ जित निकाल्दै नेपाली महिला टिम च्याम्पियन बनेको थियो।
प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











