राज्यले सुम्पिएको दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्नुस् : महानिरीक्षक क्षेत्री
काठमाडौं, पुस १३ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको...काठमाडौं, पुस १३ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको मंगलबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हरेक प्रहरी कर्मचारीले आपसमा भाइचारा सम्बन्धको विकास गर्नुपर्ने बताए ।
प्रहरी कर्मचारीहरूले आ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिँदै प्रहरीसँग सम्बन्धित हरेक कामको सुनुवाई राम्रोसँग गर्नुपर्ने उल्लेख गरे ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणमा केन्द्रीत भई काम गर्नुपर्ने उल्लेख गर्दै हिरासतमा भएका थुनुवाहरूको सुरक्षामा समेत ध्यान दिनुपर्नेमा जोड दिए ।












