Kathmandu Press

नेपालले मोरिसियससँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, पुस १३ : नेपालले अफ्रिकन मुलुक मोरिसियससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटल संघ (एन्फा) का अनुसार नेपालले आगामी जनवरीमा...
नेपालले मोरिसियससँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, पुस १३ : नेपालले अफ्रिकन मुलुक मोरिसियससँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटल संघ (एन्फा) का अनुसार नेपालले आगामी जनवरीमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ। 

नेपालले मोरिसियससँग जनवरी २९ र फेब्रअरी १ मा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। 

गत असोजमा भएको साफ च्याम्पियनसिप पनि नेपाली राष्ट्रिय टिमको यो नै पहिलो खेल हुनेछ। माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली टिम उपविजेता बनेको थियो। 

अफ्रिकी मुलुक मोरिसियस फिफा वरियतामा नेपालभन्दा तीन स्थान तल छ । नेपाल १६९औं स्थानमा छ भने मोरिसियस १७२औं स्थानमा छ।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्