Kathmandu Press

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका ‘विशेषज्ञ कार्य समूह’ गठन

यौन तथा प्रजनन स्वास्थ्य अधिकारका ‘विशेषज्ञ कार्य समूह’ गठन

काठमाडौं, पुस १३ : नेपाल परिवार नियोजन सङ्घले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको पैरवी गर्न ‘विशेषज्ञ कार्य समूह’(थिङ्क ट्याङ्क) गठन गरेको छ । 

समूहमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका अधिकारका क्षेत्रका कार्यरत विभिन्न सङ्घ÷संस्था तथा विशेषज्ञ गरी १७ जनाको सहभागिता छ । समूहले ती समुदायका विशेष मुद्दाको पहिचान गरी निरन्तर पैरवी गर्नेछ। 

Hardik ivf

समूहको आजको पहिलो बैठकमा सङ्घका व्यवस्थापक डा नरेशप्रताप केसीले विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि  ‘हर्मनन  क्लिनिक’ सेवा सञ्चालन गर्ने प्रयास गरिएको जानकारी दिए। 

यसले विशेष गरी ‘हर्मोन चेन्ज’ गर्नेका लागि सहयोग पुग्ने बताइएको छ । यो सेवा नेपालमा उपलब्ध नरहेको बताइएको छ । उनले भने, ‘सङ्घले लामो समयदेखि यौन तथा प्रजनन अधिकारका  क्षेत्रमा निरन्तर पैरवी गर्दै आएको छ । यही क्रममा विशेष गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका यौन तथा प्रजनन अधिकारका लागि पैरवी गर्न विज्ञ समूह गठन गरिएको हो।’ सङ्घले सुरक्षित गर्भपतन सेवाका लागि नीति, ऐन तथा नियमावली जारी गर्न अनवतर पैरवी गरेको थियो ।  

सो समूहले छिट्टै राष्ट्रिय कार्यशाला आयोजना गरी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका समस्या तथा मुद्दालाई पहिचान गरी पैरवीका लागि रणनीति समेत तयार गर्ने जनाइएको छ। आजको बैठकमा सहभागीले समलिङ्गी विवाह, पहिचान तथा नागरिकताका मुद्दालाई विशेषरुपमा उठान गरेका सङ्घका वरिष्ठ पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिए।

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, पुस १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्