Kathmandu Press

दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति

काठमाडौं, पुस १३ : मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु १२ हजारका दरले...
दलित समुदायका ३७ बालिकालाई छात्रवृत्ति

काठमाडौं, पुस १३ : मानव अधिकार तथा शान्ति समाजले कक्षा ६ मा अध्यनरत दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई जनही रु १२ हजारका दरले रु चार लाख ४४ हजारको छात्रवृत्ति प्रदान गरेको छ । 

मोरङको थलाहामा आज आयोजित कार्यक्रममा कटहरी गाँउपालिकाको थलाहास्थित श्री जनता माविका २९ र धनपालथान गाउँपालिकाको दादर वैरियास्थित सरस्वती माविका आठ गरी ३७ बालिकालाई वर्ष २०७८ को छात्रवृत्ति रकम प्रदान गरिएको हो। ‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने आह्वानसहित मानव अधिकार तथा शान्ति समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात् १० कक्षा पुगुञ्जेल यिनै बालिकाहरुलाई १२ हजारका दरले प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने समाजले विज्ञप्तिमार्फत जनाएको छ ।

Hardik ivf

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई, संवत थापाले दुई, अपूर्वा शर्माले दुई र उर्मिला पराजुलीले दुईलाई पाँच वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गरेका विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि पाँच वर्षभित्र रु २२ लाख २० हजार सहयोग गर्नेछन्। 

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, पुस १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्