Kathmandu Press

लोनमा पीएसजी आए इकार्डी

काठमाडौं, भदौ १७ : अर्जेन्टिनी स्टार स्ट्राइकर माउरो इकार्डी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्भेन (पीएसजी) मा आबद्ध भएका छन्। 

इकार्डी इट....

लोनमा पीएसजी आए इकार्डी

काठमाडौं, भदौ १७ : अर्जेन्टिनी स्टार स्ट्राइकर माउरो इकार्डी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्भेन (पीएसजी) मा आबद्ध भएका छन्। 

इकार्डी इटालियन क्लब इन्टर मिलानबाट एक वर्षका लागि लोनमा पीएसजीसँग आबद्ध भएका हुन्। मिलानको प्रशिक्षकमा एन्टिनियो कोन्टे आएपछि इकार्डी उनको रोजाइमा पर्न असफल भएका थिए। 

प्रशिक्षक कोन्टेले इकार्डीका लागि क्लबमा कुनै स्थान नरहेको बताएपछि इकार्डी सोमबार अन्तिम समयमा पीएसजीमा आएका हुन्।  

इन्टर मिलानसँग इकार्कीको सम्झाैता सन् २०२२ सम्मको छ। तर, २६ वर्षीय इकार्डीलाई पीएसजीले स्थायी रुपमा अनुबन्धन गर्ने विकल्पसहित  क्लबमा भित्र्याएको जनाएको छ।

६ वर्ष इन्टर मिलानमा बिताएका इकार्डीले  २ सय १९ खेलमा १ सय २४ गोल गरेका छन्।
 

प्रकाशित मिति: ०८:०३ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्