Kathmandu Press

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ 

काठमाडौं, पुस १३ : जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २८ वर्षपछि पक्राउ 

काठमाडौं, पुस १३ : जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए।

निज प्रतिवादीसमेत चार जनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए। होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गङ्गाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ।

ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको विसं २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार रहेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

निजकी श्रीमतीले घरमै भएका श्रीमान् होमबहादुरका बारेमा विभिन्न झुक्यानमा पारी भगाउन खोज्दै गर्दा प्रहरीले खोजतलासको क्रममा घरको मााथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला परेको हो । निज अभियुक्तलाई आजै जिल्ला अदालत पेश गरिने प्रहरीले जानकारी दिएको छ।  

प्रकाशित मिति: १०:४१ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्