Kathmandu Press

नाभास पीएसजीमा अनुबन्धित

काठमाडौं, भदौ १७ :  रियल मड्रिडका गोलकिपर केलोर नाभास फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। 

३२ वर्षीय न....

नाभास पीएसजीमा अनुबन्धित

काठमाडौं, भदौ १७ :  रियल मड्रिडका गोलकिपर केलोर नाभास फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्। 

३२ वर्षीय नाभास १५ मिलियन युरोमा सोमबार पीएसजीसँग चार वर्षको सम्झौता गरेका हुन्। पाँच सिजन रियल मड्रिडमा बिताएका नाभास पहिलो रोजाइमा पर्न नसकेपछि पीएसजीमा आबद्ध भएका हुन्।

कोस्टारिकाका गोलकिपर नाभास लेभान्टेबाट रियल मड्रिडमा आबद्ध भएका थिए। रियल मड्रिडबाट १०४ खेल खेलेका नाभासले तीन च्याम्पियन्स लिग, चार क्लब वर्ल्डकप, तीन स्पेनिस सुपर कप र तीन युईएफए सुपर कप गरी १३ वटा उपाधि जितेका थिए।
 

प्रकाशित मिति: ०७:४६ बजे, मंगलबार, भदौ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्