Kathmandu Press

यू-१९ एशिया कपमा आज नेपाल कुवेतसँग भिड्दै

काठमाडौं, पुस १३ : एसीसी यू-१९ एशिया कपमा आज नेपाली टोली कुवेतसँग भिड्न लागेको छ।एशिया कपमा नेपाल आज अन्तिम खेल खेल्न लागेको हो।...
यू-१९ एशिया कपमा आज नेपाल कुवेतसँग भिड्दै

काठमाडौं, पुस १३ : एसीसी यू-१९ एशिया कपमा आज नेपाली टोली कुवेतसँग भिड्न लागेको छ।

एशिया कपमा नेपाल आज अन्तिम खेल खेल्न लागेको हो। यसअघि भएका दुवै खेल हारेको थियो।

Hardik ivf

पहिलो खेलमा बंगलादेशसँग र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो। नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ।

नेपाल र कुवेतको खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपाल समूह बीमा छ। यो समूहबाट बंगलादेश र श्रीलंकाले सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। त्यस्तै, समूह ए बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।

 

प्रकाशित मिति: ०८:२४ बजे, मंगलबार, पुस १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्