Kathmandu Press

पश्चिमी वायुको प्रभावले आज वर्षाको सम्भावना

काठमाडौं, पुस १३ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको...
पश्चिमी वायुको प्रभावले आज वर्षाको सम्भावना

काठमाडौं, पुस १३ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै सुदूरपश्चिमका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भइरहेको छ। पश्चिमी वायु विस्तारै सुदूरपश्चिमबाट कर्णाली हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ।

आज देशभर नै हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपात हुने महाशाखाको आकलन छ। देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही हल्कादेखि मध्यम वर्षा र हिमपात हुने जनाइएको छ।

बुधबार र बिहीबार पनि मौसम बदली रही वर्षा हुनका साथै हिमपात हुने भएकाले जाडो अत्याधिक बढ्ने महाशाखाले जनाएको छ। केही दिन टाढा तथा हिमाली भेगको यात्रा नर्गन महाशाखाले अनुरोध गरेको छ।

 

प्रकाशित मिति: ०८:१५ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्