Kathmandu Press

तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द

पाल्पा, पुस १३ : पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ।सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा...
तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द

पाल्पा, पुस १३ : पाल्पाको तानसेन–तम्घास सडक दैनिक ६ घण्टा बन्द हुँदै आएको छ।

सोमबारदेखि तानसेन नगरपालिकार रिब्दीकोट गाउँपालिकाको जोर्ते क्षेत्रको भिरमा सडक चौडा गर्न पुस २२ गतेसम्म बन्द हुने सडक कार्यालय पाल्पाले जनाएको छ।

हरेक दिन बिहान ९ः३० देखि दिउँसो ३ः३० बजेसम्म सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ। पुस १२ गतेदेखि २२ गतेसम्मका लागि दैनिक ६ घण्टाका दरले सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए।

पहाड कटान गरी माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गरी काम गर्न थालिएको प्रमुख लम्सालको भनाइ छ। पाल्पाको हार्थोक–रिडी क्षेत्रको जोर्तेमा साँघुरो सडकका कारण दुर्घटना र सडक अवरुद्ध हुँदै आएको थियो।

प्रकाशित मिति: ०७:३४ बजे, मंगलबार, पुस १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्